सिनेमा

२० प्रतिशत सुटिङ बाँकी छँदै हलमा अर्जुन र भूमिको फिल्म

इकागज |
कात्तिक १४, २०८० मंगलबार १४:२२ बजे

मुम्बई - केही दिन अघि अर्जुन कपुर र भूमि पेडनेकर अभिनित ‘लेडी किलर’को ट्रेलर रिलिज भयो । पहिला त रिलिजको हप्ता दिन पनि बाँकी नरहँदा यो फिल्मको ट्रेलर रिलिज भएको देखेपछि धेरैका आँखा चौडा भए । किनकि ट्रेलरलाई फिल्मको मुख्य प्रचार सामाग्री मानिन्छ  र यो जम्मा हप्ता दिनअघि रिलिज भयो ।

पहिला नै धेरै चर्चा पाएका फिल्मले आजभोलि दुई हप्ताको सीमा राखेर पनि ट्रेलर रिलिज गर्छन् । तर यो फिल्मको हकमा भने यस्तो अवस्था पनि थिएन । यसको त कसैले नाम पनि सुनेका थिएनन् । तर ट्रेलरले भने धेरैको ध्यान खिच्न सफल भयो । रहस्यमय हत्याको वरिपरि घुमेको ट्रेलरमा अर्जुन र भूमिको केमेस्ट्री दर्शकले रुचाए । 


तर रिलिजको केही दिन मात्र बाँकी रहँदा यो फिल्मसँग सम्बन्धित अर्को खबर बाहिरिएको छ । समाचारअनुसार यो फिल्मको सुटिङ नै पूरा भएको छैन । फिल्मको २० प्रतिशत सुटिङ बाँकी छ । तर पहिलानै फिल्मको बजेट तय गरेभन्दा बढी भएपछि निर्माण कम्पनीले यो फिल्मलाई यत्तिकै रिलिज गर्न लागेको हो । सुटिङ बाँकी रहेको फिल्मका लागि निर्माण टिमले चतुर्याँई गर्दै भ्वाइस ओभर गरेर काम चलाएको समाचारहरुमा उल्लेख छ ।

यसरी हतार हतार रिलिज गर्नमा निर्माण कम्पनीको डिजिटल प्लेटफर्मसँगको सम्झौतालाई कारण मानिएको छ । फिल्मका लागि निर्माण कम्पनीले भारतको ठूलो स्ट्रिमिङ कम्पनीसँग सम्झौता गरेको पनि समाचारमा उल्लेख छ । 


Author

थप समाचार
x