सिनेमा

शाहरुखले राजकुमार हिरानीलाई अरु हिरोसँग भेट्न पनि नदिई 'डंकी' बनाएका थिए

इकागज |
कात्तिक १७, २०८० शुक्रबार १०:५१ बजे

मुम्बई - फ्यानहरु शाहरुख खानको फिल्म डंकीको प्रतीक्षामा छन् । यो फिल्म क्रिसमसको अवसरमा विश्वभर रिलिज हुँदैछ । 'डंकी'मा शाहरुखको स्टाइल 'पठान' र 'जवान' भन्दा फरक देखिने भएको छ,  जसका कारण मानिसहरु यो फिल्मलाई लिएर झन् बढी उत्साहित छन् । यो उत्साह बढेको छ, फिल्मको टिजर सार्वजनिक भएपछि । निर्माण टिमले बिहीबार शाहरुख खानको जन्मदिनको अवसर पारेर यसको टिजर सार्वजनिक गरेको थियो ।

 'डंकी'को टिजर फ्यानहरुले निकै रुचाइरहेका छन् । 'डंकी'को टिजर रिलिज भएपछि मुम्बईमा एक कार्यक्रमको आयोजना गरिएको थियो, जसमा शाहरुखसँगै फिल्मका निर्देशक राजकुमार हिरानी पनि सहभागी थिए ।


 कार्यक्रममा राजकुमार हिरानीले शाहरुख खानसँग काम गर्नुको कारण र विगतका अनुभव सुनाएका थिए। सो क्रममा उनले उनले 'डंकी' अघि नै शाहरुखलाई साइन गर्न चाहेको बताएका छन् । राजकुमार हिरानीले भने,  ‘पहिले शाहरुखसँग काम गर्दाको अनुभव कस्तो रह्यो भन्नुभन्दा पहिले म एउटा छोटो कथा सुनाउन चाहन्छु । मैले फिल्म इन्स्टिच्युटमा पढेँ, नागपुरबाट आएको हुँ। त्यहाँबाट निस्केर बाहिर आउँदा कोसँग काम गर्ने भन्ने चिन्ता थियो।’

राजकुमार हिरानीले अगाडि भने- ‘ त्यो समयमा अमिताभ बच्चन ठूला स्टार थिए । उनीहरुले हामीसँग काम गर्लान् भन्ने सपनै थिएन ।  त्यसबेला होस्टेलमा टिभी हुन्थ्यो र त्यसमा 'सर्कस' को एपिसोड बज्थ्यो । मलाई अझै पनि एउटा दृश्य याद छ, जहाँ एक युवा अभिनेता अभिनय गरिरहेको थियो र त्यहाँ एक मोनोलग थियो। त्यो गज्जब थियो । म सोच्दै थिएँ यो को हो ? यो ठूलो मान्छे त होइन। तर म पास आउट भएपछि योसँग कुनै दिन काम गर्नेछु।'राजकुमार हिरानीले थप भने,  ‘मलाई स्नातक गर्न दुई वर्ष लाग्यो तर त्यतिन्जेल उनी यति ठूलो स्टार भइसकेका थिए कि उनीसँग काम गर्ने मौका नै मिलेन। तर मलाई शाहरुख मन परेको त्यही मोनोलगको बेलादेखि हो ।’

हिरानीले शाहरुखसँगको साक्षात्कारको कथा सुनाएपछि शाहरुखले पनि 'मुन्नाभाइ'को कथा सुनाएका थिए । उनले 'मुन्नाभाइ'मा काम गर्ने अफर आएको भएपनि त्यसपछिका फिल्ममा त सम्झेलान् भनेको नसम्झिएको र बाध्य भएर आफैँले उनलाई कोभिडको समयमा कब्जामा लिएर 'डंकी'मा काम गर्न बाध्य बनाएको कथा सुनाएका थिए । 'यस पटक कोभिडमा मैले उनलाई आफूसँगै राखें र उनलाई कतै पनि जान दिइँन। मैले राजुलाई अरु हिरोसँग पनि भेट्न पनि दिइनँ,’ उनले हाँस्दै भने । 

 


Author

थप समाचार
x