सिनेमा

अभिताभको कारण फिल्म पाउन नसकेका अभिषेक अन्ततः कसरी भए सफल ?

इकागज |
पुस ११, २०८० बुधबार ८:२९ बजे

फाइल फोटो

मुम्बइ - अभिषेक बच्चन बलिउडमा आएको धेरै वर्ष भइसकेको छ । उनले उद्योगमा पनि आफ्नो छुट्टै पहिचान बनाएका छन् । तर एक समय थियो जब कोही पनि उनलाइ आफनो फिल्ममा लिन चाहँदैनथे ।

अभिषेकलाई सधैं उनका पिता अमिताभ बच्चनसँग तुलना गरिन्थ्यो । तर अब उनले आफ्नो उत्कृष्ट अभिनयले मानिसको धारणा बदलिसकेका छन् । अभिषेकका लागि उद्योगमा आउन सजिलो थिएन । यसको पछाडिको कारण अरू कोही नभइ उनका बुवा अमिताभ बच्चन थिए ।


अभिषेक बच्चनले गलाता प्लसको राउन्ड टेबलमा आफ्नो फिल्म संघर्षको बारेमा कुरा गरेका छन् । अभिषेकले एक समय थियो, जब उनी अमिताभ बच्चनका छोरा भएकाले उनलाई कसैले पनि आफ्नो फिल्ममा कास्ट गर्न चाहँदैनथे ।

अभिषेकले फिल्म नपाए पछि साथी र फिल्ममेकर राकेश ओम प्रकाशसँग मिलेर स्क्रिप्ट लेख्न थालेको खुलासा गरेका छन । फिल्म निर्माताले आफ्नो फिल्मका लागि कलाकारको खोजी गरिरहेका थिए र कसैलाई पनि भेट्न सकेनन्। उनले यो फिल्मको नाम ‘समझौता एक्सप्रेस’ राखे ।

अभिषेकले फिल्मका लागि आफूले जुँगा पनि राखेको बताए । तर, जब उनले यो स्क्रिप्टअमिताभ बच्चनलाई निर्माण गर्न लागेको जानकारी दिए तर बिग बीले यसलाई बकवास भन्दै अस्वीकार गरिदिए, जसले अभिषेकलाइ थप निराशा बनायो ।

 अभिषेक बच्चनले अगाडि भने कि, बिग बीले उनलाई फिल्मफेयर अवार्डमा चियर गर्न लगेका थिए । जहाँ जेपी दत्तले अभिषेकलाई देखेका थिए । त्यसको केही दिनपछि उनले फिल्मका लागि अभिषेकसँग सम्पर्क गरे । यो नै उनका लागि करिअरको टर्निङ प्वाइन्ट बनिदियो । 

जेपी दत्तको ‘रिफ्युजी’बाट अभिषेक बच्चनले यसरी डेब्यु गरिदिए ।यो फिल्मबाट नै करिना कपुरले पनि बलिउड इन्डस्ट्रीमा प्रवेश गरेकी थिइन् ।


Author

थप समाचार
x