सिनेमा

समुद्र भट्टले एलिजा र निश्चल लिएर फिल्म बनाउँदै

इकागज |
फागुन १२, २०८० शनिबार २०:२४ बजे

काठमाडौँ- निर्देशक समुद्र भट्टले नयाँ फिल्म बनाउने भएकी छिन् । समुद्रले नायिका एलिजा गौतम र नायक निश्चल खड्कालाई लिएर फिल्म बनाउन लागेकी हुन् ।

द स्काइ ओसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गर्न लागिएको अनटाइटल प्रोजेक्टमा उनले एलिजा र निश्चललाई मुख्य भूमिकामा शनिबार अनुबन्धित गराएकी छिन् ।


आगामी वैशाख भित्रै छायांकन सुरु गर्ने गरी तयारी गरिएको फिल्मका बारेमा केही दिनमै सम्पूर्ण जानकारी दिने निर्माण पक्षले गरेको छ । लभ स्टोरी क्राइम थ्रिलर रहने फिल्ममा समुद्रकै कथा रहने छ ।

अनुराग फिल्मबाट डेब्यु गरेकी एलिजाले त्यस यता थुप्रै म्यूजिक भिडियोमा काम गर्दै आइरहेकी छिन् । उनको यो दोस्रो फिल्म हुने छ ।

निश्चलले 'लण्डन टु पेरिस' बाट रजतपटमा डेब्यु गरेका हुन् । यो फिल्म प्रदर्शनको तयारीमा रहेको छ ।

समुद्रले निर्देशन गरेको ‘गून्यो चोलो’ प्रदर्शनको पर्खाइमा रहेको छ ।


Author

थप समाचार
x