सिनेमा

सुटिङका क्रममा पल शाह घाइते

इकागज |
जेठ ३, २०८१ बिहीबार १७:३३ बजे

काठमाडौँ- फिल्म ‘रावायण’ को छायांकनका क्रममा अभिनेता पल शाह घाइते भएका छन् ।

सर्लाहीको लालबन्दी जंगल क्षेत्रमा जारी छायांकनमा फिल्मको एक्सन दृश्य खिच्दै गर्दा पलको हातमा चोट लागेको बताइएको छ । यता यस विषयमा अभिनेता आफैँले पनि सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै जानकारी दिएका छन् ।


पलले लेखेका छन्, ‘रावायणको छायांकन सेटमा सामान्य घाइते’ ।

उनले सेयर गरेको उक्त भिडियो हेर्दा स्थानीय स्वास्थ्य केन्द्रमा हातको उपचार भएको र उपचारपछि उनको हातमा पट्टी बाँधिएको छ । निर्माण टिमबाट प्राप्त जानकारीअनुसार चोट गहिरो रहेको र त्यसमा टाँका नै लगाउनु परेको बताइएको छ ।

सुदर्शन थापाले निर्देशन गरिरहेको यस फिल्ममा पल र पूजा शर्मा शीर्ष भूमिकामा छन् । 


Author

थप समाचार
x