नेपाली कांग्रेस १४औँ महाधिवेशन

कांग्रेस उपसभापति बनेका धनराजको यस्तो छ राजनीतिक यात्रा

दुर्गा आचार्य |
पुस १, २०७८ बिहीबार १०:३४ बजे

काठमाडौँ - नेपाली कांग्रेसको उपसभापतिमा धनराज गुरुङ र पूर्णबहादुर खड्का निर्वाचित भएका छन् । उनीहरू विजय गच्छदार, चन्द्र भण्डारी, सुजाता कोइराला, महेश आचार्य, दिव्यश्वरी शाहलाई पछि पार्दै उपसभापतिमा निर्वाचित भएका हुन् । गुरुङ  केन्द्रीय सदस्यबाट एकैपटक उपसभापतिमा निर्वाचित भएका हुन् । उनको राजनीतिक यात्रा २०३६ सालबाट सुरु भएको हो । ५६ वर्षीय गुरुङ पार्टीमा तेस्रो पुस्तामा गनिन्छन् । 

उनले नेविसंघबाट राजनीतिक यात्रा सुरु गरेका थिए । उनले २०३६ सालको आन्दोलनबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए । उनी नेविसंघका केन्द्रीय सभापति पनि भएका थिए ।


 धनराज २०३८ मा धवथुम मावि स्याङ्जाको नेपाल विधार्थीको इकाइ सभापति भएका थिए । २०४० मा उनी नेपाल विद्यार्थी संघ स्याङजाको सचिव बने । २०४३ मा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु उपसभापतिको उम्मेदवार बने । 

गुरुङ २०४४ मा पृथ्वीनारायण क्याम्पस पोखराकै स्ववियु उपसभापतिका उम्मेदवार भएका थिए । २०४८ देखि लगातार उनी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि भएका छन् । २०४८ मा उनी नेपाल विद्यार्थी संघको केन्द्रीय उपसभापति बने । 

२०५३ मा गुरुङ नेपाल विद्यार्थी संघका केन्द्रीय सभापति बने । त्यसैगरी उनी २०५४ मा तरुण दलको महासचिव बने । २०६४ को पहिलो संविधानसभामा उनी संविधानसभा सदस्य भए । २०६७ को १२औँ कांग्रेस महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भए । त्यस्तै १३औँ महाधिवेशनबाट उनी जनजाति कोटाबाट पुनः केन्द्रीय सदस्यमा निर्वाचित भए । अहिले उनी कांग्रेसको उपसभापतिमा निर्वाचित भएका छन् ।  


Author

थप समाचार
x