मानव अधिकार आयोग ‘क’ श्रेणीमा नै
फाइल फोटो
काठमाडौँ - अन्ततः राष्ट्रिय मानव अधिकार आयोगको प्रतिष्ठा जोगिएको छ । ग्लोबल एलायन्स अफ नेशनल ह्युमन राइट्स इन्स्टिच्युसन (गानरी) ले आयोगलाई ‘क’ श्रेणीमा नै राख्ने निर्णय गरेसँगै आयोग घटुवा हुनबाट जोगिएको हो ।
आयोगका प्रवक्ता टीकाराम पोखरेलका अनुसार गानरीको पछिल्लो बैठकबाट आयोगलाई ‘क’ श्रेणीमा नै राख्ने निर्णय भएको पत्र प्राप्त भएको छ । सरकार र सरोकारवालाको सहयोगका कारण आयोग घटुवाबाट जोगिएको हो ।
पेरिस सिद्धान्तअनुरुप आयोगले काम गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो भने मानवअधिकार संरक्षणसम्बन्धी कानुन संशोधनमा सरकार र आयोग सरकारात्मक रहेकाले आयोगलाई ‘क’ श्रेणीमा नै राख्ने निर्णय भएको हो । यसअघि गानरीमा नेपाललाई घटुवा गर्न सिफारिस भएको थियो ।
रासस
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया