संवैधानिक अंग

अख्तियार प्रमुख राईले दोहोरो सुविधा नलिने

इकागज |
फागुन २५, २०७७ मगलवार ९:७ बजे

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले दोहोरो सुविधा नलिने भएका छन् । प्रमुख आयुक्त राईले यही फागुनदेखि आयोगबाट पारिश्रमिक र सेवा सुविधा लिने तर नेपाल सरकारको सचिवको हैसियतले पाउने निवृत्तीभरण नलिने भएका हुन् ।


पूर्वसचिव राई गत माघ २१ गते प्रमुख आयुक्त पदमा नियुक्त भएका थिए । उनले यही फागुनदेखि दोहोरो सुविधा नलिने भएका हुन् । निवृत्तीभरण व्यवस्थापन कार्यालयलाई समेत सो विषयमा जानकारी गराइसकिएको छ ।

निवृत्तीभरण व्यवस्थापन कार्यालयले राईले अ.प.नं १३३४८४ बाट खााईपाई आएको निवृत्तभरण रोक्‍का गरिएको जनाएको छ ।


Author

थप समाचार
x