कर्पोरेट

सानिमा बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा मोबाइल बैंकिङ योजना

इकागज |
मंसिर २१, २०७९ बुधबार १६:४६ बजे

काठमाडौँ- सानिमा बैंकले १८ औं वार्षिकोत्सवको अवसरमा एफ वान सफ्टसँग सहकार्य गरी आफ्ना ग्राहकहरुका लागि मोबाइल बैंकिङ्ग योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत १८ जना जोडीले सौराहा भ्रमणको अवसर प्राप्त गर्ने बैंकले जनाएको छ ।

भ्रमणका लागि योग्य हुन ग्राहकहरुले मोबाइल बैंकिङ्गबाट ५ वटा विभिन्न कारोबारहरु गर्नुपर्ने हुन्छ । उक्त कारोबारहरू २०० भन्दा बढि र कम्तीमा एउटा टपअप समावेश हुनुपर्नेछ । ग्राहकहरूले मोबाइल बैंकिङ्ग एप प्रयोग गरी टपअप, फन्ड ट्रान्सफर, लोड वालेट, क्युआर पेमेन्ट, युटिलिटि पेमेन्ट, आदि जस्ता कारोबारहरु गर्न सक्नेछन् ।


यो योजना २०७९ मंसिर २१ देखि पौष ९ गतेसम्म १८ दिनका लागू हुनेछ । योजना अवधि भर ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ्ग मार्फत् गरेका कारोबारहरुलाई समावेश गरिने छ ।  यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घकालीन रूपमा नगदको प्रयोग घट्ने बैंकको विश्वास छ । 


Author

थप समाचार
x