कर्पोरेट

आई.एम.ई. लाइफ इन्स्योरेन्सका एक सिओटी सहित ३४ एमडिआरटि सम्मानित

इकागज |
माघ ८, २०७९ आइतबार १४:५० बजे

काठमाडौं - आई.एम.ई लाइफ इन्स्योरेन्सका बीमा अभिकर्ताहरू मध्ये सन् २०२३ को लागि एक सिओटी सहित ३४ जना एमडिआरटि सम्मानित भएका छन् । कम्पनिले गत माघ ४ गते एक समारोहको आयोजना गरी उनीहरूलाई सम्मान गरेको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

उक्त अवसरमा यसपाली एमडिआरटिको रुपमा सम्मानित हुनेमा शारीरिक रुपमा विशेष रुपले सक्षम डडेलधुरा शाखाका नरेन्द्रसिंह भाटसमेत रहेकाले काम गर्न दृढ संकल्प भएमा जे पनि गर्न सकिने उदाहरण समेत स्थापित भएकोमा गौरवान्वित महसुस गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले बताए ।


कम्पनीको समय सापेक्ष बजार नीतिको कारणले गर्दा सम्पूर्ण अभिकर्ताहरू उत्प्रेरित हुनु भएकाले अहिलेको आर्थिक रुपले विषम परिस्थितिमा समेत उल्लेख्य संख्यामा बीमा अभिकर्ताहरूले एमडिआरटी उपलब्धि हासिल गरेको कुरा कम्पनीका प्रमुख सन्चालन अधिकृत दिनेश अमात्यले बताए ।

एमडिआरटी अर्थात मिलियन डलर राउण्ड टेबल सन् १९२७ मा रजिष्टर भएको एमडिआरटी एक विदेशी संस्था हो । जहाँ ७२ देशका ५०० कम्पनी सामेल रहेका छन् । यसको प्रधान कार्यालय अमेरिकामा रहेको छ । यो संस्थामा बीमा क्षेत्र र फाइनान्सियल सेक्टरका मानिसहरू सहभागी हुन पाउँछन् ।

यस संस्थामा सदस्यता लिएको इन्स्योरेन्स कम्पनी र फाइनान्सियल संस्था मार्फत तोकेको समयमा टार्गेट पूरा गरेका अभिकर्ताहरूले सहभागी हुन पाउने व्यवस्था रहेको छ ।


Author

थप समाचार
x