कर्पोरेट

एनआइबिएल एस क्यपिटल पनि अब नेशनल पेमेन्ट स्वीचमा आबद्ध

इकागज |
जेठ १७, २०८० बुधवार १८:४९ बजे

काठमाडौँ– एनआइबिएल एस क्यपिटल लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीच(एनपिएस)मा आबद्ध भएको छ ।

यसका निम्ति एनआइबिएल एस क्यापिटलका डेपुटी प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 


उक्त सम्झौता पश्चात् एनआइबिएल एस क्यापिटलका आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस(एनपिआई)सँग जोडेर विभिन्न भुक्तानी तथा लगानी प्राप्त गर्ने कारोबारहरू गर्न सक्ने साथै क्यापिटलका ‘डिभिडेन्ड’ भुक्तानी लगायत तलब, ‘भेन्डर’ भुक्तानी, लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरू सोझै गर्न सकिनेछ । 


Author

थप समाचार
x