कर्पोरेट

नबिल बैंकले जि.डब्लु.एमका गाडीहरुमा फाईनान्सिङ सुविधा उपलब्ध गराउने

इकागज |
असार १७, २०८० आइतबार १२:२२ बजे

काठमाडौं । जि.डब्लु.एम सवारीसाधनहरुको आधिकारिक आयातकर्ता तथा वितरक भिजी इम्पेक्स प्रा.लि.ले नबिल बैंक लिमिटेडसँग यसको इन्टरनल कम्बसन इन्जिन आईसीई सवारीसाधनहरु फाइनान्सिङ सुविधाको लागि सम्झौता गरेको छ । हाभल जोलायन, हाभल एच६, पावर, विङ्गल ५ र विद्युतीय गाडी ओरा ०३ को फाइनान्सिङ सुविधाको लागि सम्झौता गरेको हो ।

भिजी इम्पेक्स– जि.डब्लु. एम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र नबिल बैंक लिमिटेडको हेड अफ रिटेल लेन्डिङ सुश्री चाँदनी श्रेष्ठले आज सम्झौता पत्रमा हस्ताक्षर गरे ।


ग्राहकहरुले नबिल बैंक मार्फत कुनैपनि जि.डब्लु.एमका गाडी खरिद गर्दा फाईनान्सिङ सुविधा प्राप्त गर्ने छन् । नबिल बैंकले आईसीई मोडललाई १२.९०% र ईभीको लागि १२.१५% ब्याजदरमा ५०% सम्म अटो कर्जा उपलब्ध गराउने भएको छ । दुवै अवस्थामा ऋणको अवधि भने ७ वर्षको हुनेछ ।

दुई पक्षबीच भएको सम्झौताले ठूलो संख्यामा अटोमोबाइल प्रेमीहरूले जि.डब्लु.एम नेपालबाट नै आफुलाई मनपर्ने गाडी सजिलै प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले अटो कर्जाको लागि आवश्यक कागजातहरू सहित नजिकैको नबिल बैंक शाखामा गएर आवेदन दिन सक्न जनाइएको छ ।
 


Author

थप समाचार
x