कर्पोरेट

असारको तेश्रो साता ‘आइएमई पे’ मा पानी र बिजुलीमा क्यासब्याकको वर्षा

इकागज |
असार १७, २०८० आइतबार १६:५४ बजे

काठमाडौँ–  ‘आइएमई पे’ ले पानी र बिजुलीमा क्यासब्याकको वर्षा अफर सार्वजनिक गरेको छ ।

यो अफर असार १७ देखि असार २३ सम्म एक हप्ताका लागि चल्ने छ । यस अफर अन्तर्गत ग्राहकले आइएमई पे मार्फत पानीको बिल भुक्तानी गर्दा रु १०० सम्म १०५ छुट प्राप्त गर्न सक्ने छन् । एक हप्तामा ग्राहकले सो क्यासब्याक  पटकपटक प्रयोग गर्न पाउने छन् । 


साथै ग्राहक वर्गले बिजुलीको बिल आइएमई पे मार्फत भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा छुट दिने भएको छ । सो क्यासब्याक एवम् छुट ग्राहक वर्गलाई आफ्नो घरायसी बिलहरू विद्युतीय मध्यम मार्फत तिर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ प्रदान गरिएको हो । 

‘आइएमई पे’ ले असार महिनामा मनसुनलाई लक्षित गर्दै सुरु गरेको ‘आइएमई पेमा क्यासब्याकको वर्षा’ नामक अभियानको यो निरन्तरता हो ।

 


Author

थप समाचार
x