कर्पोरेट

एसईईका लागि नेपाल टेलिकमको विभिन्न व्यवस्था

इकागज |
असार २१, २०८० बिहीबार १७:१५ बजे

काठमाडौँ– नेपाल टेलिकमले एसईई परीक्षाको नतिजा प्राप्त गर्नका लागि विभिन्न व्यवस्था गरेको छ । 

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने २०७९ सालको एसईई परीक्षाको नतिजा आईभीआर, एसएमएस तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने छ । 


नतिजाका लागि नेपाल टेलिकमको ल्यान्डलाइन वा मोबाइल फोन प्रयोग गर्न सकिने छ । यस अनुसार सिधै १६०० डायल गरी प्राप्त निर्देशन अनुसार गरेमा नतिजा थाहा पाउन सकिने छ ।

१६०० मा डायल गर्दा प्रति कल करबाहेक जम्मा  २ रुपैयाँ मात्र महशुल लाग्नेछ । दुई मिनेटको समयावधिलाई एक कल मानिनेछ ।

त्यसैगरी मोबाइलको म्यासेज बक्समा अंग्रेजी अल्फाबेट एसईई लेखेर खाली ठाउँ छोडी सिम्बल नम्बर (SEE <space> <symbol number>) टाइप गरी १६०० मा सन्देश पठाएर पनि नतिजा थाहा पाउन सकिन्छ । 

उदाहरणका लागि SEE 12345678A टाइप गरी १६०० मा सन्देश पठाउन सकिन्छ । १६०० मा सन्देश पठाउँदा पनि प्रति सन्देश करबाहेक जम्मा २ रूपैयाँ मात्र महसुल लाग्नेछ । 

नेपाल टेलिकमको वेबसाइट https://see.ntc.net.np/   मार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिने नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।  


Author

थप समाचार
x