कर्पोरेट

जगदम्बाले उत्पादन थाल्यो भूकम्प प्रतिरोधी प्राईम बिलेट डण्डी

इकागज |
भदौ १९, २०८० मंगलबार १२:३९ बजे

काठमाडौं– जगदम्बा ईन्टरप्राईजेज प्रा.लि.ले अत्याधुनिक प्रविधिमार्फत नेपालमै पहिलो पटक प्राईम बिलेट उत्पादनमा ल्याएको छ । भूकम्प प्रतिरोधी डण्डी बनाउन प्रयोग हुने प्राईम बिलेट नेपालमै पहिलोपटक जगदम्बा ईन्टरप्राईजेज प्रा.लि.ले उत्पादनमा ल्याएको हो ।

भूकम्पले निकै ठूलो प्रभाव पारेको नेपालमा एफइ ५००डी गुणस्तरको फलामे डण्डीको माग र प्रयोग बढ्दो क्रममा रहेको छ । यो डण्डी भूकम्प प्रतिरोधात्मक हुन्छ । यस्तो डण्डी केवल प्राईम बिलेटबाट मात्र बन्दछ । जगदम्बा ईन्टरप्राईजेज प्रा.लि.ले जगशक्ति गोल्ड ब्राण्डमा एफइ ५००डी डण्डीको उत्पादन एवं बिक्री वितरण गर्दै आएको छ ।


वीरगञ्ज–पथलैया औद्योगिक करिडोरको चोर्नीमा रहेको जगदम्बा ईन्टरप्राईजेज प्रा.लिले जि.आई.पाईप, व्ल्याक पाईप, त्यूबुलार र पोल, हाईमाष्ट पोल, फेव्रिकेशन तथा अन्य बिभिन्न किसिमका फलामजन्य वस्तुहरुको उत्पादन गर्दै आएको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाण प्राप्त यो उद्योग नेपाल विद्युत प्राधिकरणको सबैभन्दा ठूलो ग्राहक र नेपालको अग्रणी फलामजन्य उद्योगको रुपमा परिचित छ । 
 


Author

थप समाचार
x