कर्पोरेट

सिटी एक्सप्रेसको ‘विदेशबाट सिटी पठाऔं दश गुणा बढी पाऔं’ योजना सार्वजनिक

इकागज |
असोज १५, २०८० सोमबार १४:४८ बजे

काठमाडौँ– सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी ग्राहकका लागि ‘विदेशबाट सिटी पठाऔं दश गुणा बढी पाऔं’ योजना सार्वजनिक गरेको छ ।

आफ्ना ग्राहकसँग पर्वको खुशी साट्न लगातार ६१ दिनसम्म यो योजना सञ्चालन हुने कम्पनीले जनाएको छ ।


योजना सार्वजनिक कार्यक्रममा चर्चित हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बास्डर जितु नेपालको समेत उपस्थिति रहेको थियो ।

सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही एक लाख रुपैयाँ, हरेक हप्ता पाँच जनालाई जनही २५ हजार रुपैयाँ र हरेक दिन १०० जना विजेताहरूलाई जनही ५०० रुपैयाँको वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफूले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो अफर १५ असोजदेखि १५ मंसिरसम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् ।

यस उपहारको विजेता छनोट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कर्मचारीलाई लागु हुने छैन ।


Author

थप समाचार
x