कर्पोरेट

डिशहोमको दसैँ अफर : एक वर्षको फाइबर नेट जोड्नुस्, दुई वर्षको सेवा पाउनुस्

इकागज |
असोज २८, २०८० आइतबार १३:११ बजे

काठमाडौँ– बडादसैँको अवसर पारेर डिशहोम फाइबर नेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्ष सेवा लिन पाउने भएका छन् । घटस्थापनाको शुभअवसर पारेर डिशहोम फाइबर नेटले आफ्ना ग्राहकहरुका लागि उक्त अफर ल्याएको हो ।

अफरअन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएस देखि ३ सय एमबीपीएससम्मका प्याकेजहरु जडान गर्न सक्नेछन् । जसमा ग्राहकले ५० एमबीपीएसदेखि २ सय ५० एमबीपीएससम्म फाईभ–जी राउटर पाउनेछन् भने ३ सय एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई–६ राउटर पाउने छन् ।       


थप जानकारीको लागि आफू नजिकैको डिएच फाइबरनेट डिलर दाई वा आज नै ०१–५९७०३६५ मा सिधै फोन गर्न सक्ने डिशहोम फाइबर नेटले जनाएको छ । चाडपर्वमा थप उत्साह ल्याउने ‘फेस्टिभ २४ मन्थ प्याकेज’ अफरको फाइदा लिन आजै डिएच फाइबर नेटको नयाँ कनेक्सन जोड्न कम्पनीले अपिल गरेको छ । 

यसअघि उक्त कम्पनीले एसिया कपमा नेपाल र भारतको खेलको खुसीयालीमा आफ्ना पुराना ग्राहकहरुका लागि १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त १२ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको थियो । 
एक वर्षको नयाँ कनेक्सनमा २ वर्षको सेवा अफर घटस्थापना (असोज २८)  देखि पूर्णिमा (कात्तिक ११) सम्म मात्र लागू हुने कम्पनीले जनाएको छ ।


Author

थप समाचार
x