कर्पोरेट

नेपाल प्रहरीलाई महालक्ष्मी विकास बैंककाे सहयाेग

इकागज |
असोज ३०, २०८० मंगलबार १६:२७ बजे

काठमाडौँ– महालक्ष्मी विकास बैंक लिमिटेडले  संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत प्रहरी वृत्त मालीगाँउलाई सामाजिक जनचेतनामूलक पुस्तिका र आवश्यक सम्पर्क नम्बरसहितको स्टिकर प्रदान गरेको छ ।

बैंकको केन्द्रीय कार्यालय, दरबारमार्गले प्रहरी वृत्त मालीगाँउलाई चाडपर्वको समयमा हुनसक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न, सार्वजनिक सुरक्षा तथा अमनचैन कायम राख्न, सम्भावित अपराधको रोकथाम, तथा नियन्त्रण कार्यमा सहयोग पुर्याउने उद्देश्यले जनचेतनामूलक पुस्तिका र आवश्यक सम्पर्क नम्बरसहितको स्टिकर हस्तान्तरण गरेको हो ।


यसबाट मालीगाँउ वडा क्षेत्र वरपरको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । 

प्रहरी वृत्त मालीगाँउका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदी र सामुदायिक प्रहरी सेवाकेन्द्र कालोपुलका वरिष्ठ प्रहरी नायब निरीक्षक बसन्त थापालाई बैैंकका निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले उक्त सामग्री हस्तान्तरण गरेका हुन् । 

आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्त्वका कार्यहरूलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ । 

विगत देखि नै ग्राहकहरूको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्ध रही आएको यस बैंकले आम ग्राहक महानुभावहरूको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । 


Author

थप समाचार
x