कर्पोरेट

टिकटक बनाउनुहाेस्, पुरस्कार जित्नुहाेस्- तिमी यो दशैंमा के गर्छौ ?

इकागज |
कात्तिक २, २०८० बिहिवार १२:१८ बजे

काठमाडौं– लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले बडा दशैंको विशेष अवसर पारेर हरेक नेपालीको उत्साहमा उमङ्ग थप्न टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ । 
तिमी यो दशैंमा के गर्छौ? नामक यस टिकटकको जिङ्गलमा सहभागी प्रतिस्पर्धीहरुले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्ने छ । हरेक रचना तथा आउने लाइक, भ्युज र कमेन्टको आधारमा उत्कृष्ट ३  प्रतिस्पर्धीहरु छनौट गरि प्रथम, द्वितीय र तृतीय श्रेणीमा वर्गीकरण गरेर विजेता घोषणा गरिनेछ । प्रथम हुनेलाई नगद रु. तीस हजार, द्वितियलाई रु. बीस  हजार र तृतीयलाई रु. दस हजार पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ । यस टिकटक प्रतिस्पर्धामा देशैभरबाट इच्छुक सबैले कात्तिक १ गतेदेखि १५ गतेसम्म सहभागी हुन सक्नेछन् । दशैंले ल्याएको उत्साहसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको यस मनोरञ्जनात्मक कार्यक्रममा उल्लेख्य सहभागिताको अपेक्षा गरिएको छ । 
यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले बडा दशैं २०८० को पावन अवसरमा आयोजित यस प्रतियोगितामा सहभागी हुन आग्रह गरेका छन् ।
 



Author

थप समाचार
x