कर्पोरेट

फूडमाण्डुको 'भ्यालेन्टाइन डे कन्टेस्ट'

इकागज |
माघ २६, २०८० शुक्रबार १७:२४ बजे

काठमाडौँ- नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले भ्यालेन्टाइन डेलाई लक्षित गर्दै ‘भ्यालेन्टाइन डे कन्टेस्ट’ ल्याएको  छ । 

यस कन्टेस्ट अन्तर्गत फूडमान्ड मार्फत फूड अर्डर गर्ने ग्राहकमध्येबाट हरेक दिन ५ जना भाग्यशाली विजेताहरूलाई लक्की ड्र मार्फत छनोट गरिनेछ । उक्त भाग्यशाली विजेताहरूलाई मिनिसो, केटिएम सिटी, अभाता र फूडमान्डु मर्कन्डाइजको तर्फबाट आकर्षक गिफ्ट ह्याम्परहरू प्रदान गरिनेछ । विजेताहरू दैनिक रूपमा सोसल मिडिया प्लेटफर्महरूमा घोषणा गरिनेछ र फूडमान्डूको अफिसबाट गिफ्ट ह्याम्परहरू सङ्कलन गर्न सकिनेछ ।


यसका साथै ग्राहकहरूले ४० वटा विभिन्न रेस्टुरेन्टबाट बाइ वान गेट वान फ्रि तथा आकर्षक कम्बो अफरहरू समेत प्राप्त गर्न सक्नेछन् । फूडमान्डुले विभिन्न बैँक र वालेटहरूसँगको सहकार्यमा ग्राहकहरूलाई विभिन्न क्यासब्याक अफरहरू समेत प्रदान गर्नेछ ।

यसबारे बोल्दै फूडमान्डुका ब्रान्ड एण्ड मार्केटिङ मेनेजर इनेशा भट्टराईले भनिन्, 'हाम्रा आदरणीय ग्राहकहरूलाई लक्षित गर्दै हामीले भ्यालेन्टाइन डेको अवसर पारेर आकर्षक अफरहरू ल्याएका छौं । आशा छ कि हाम्रा ग्राहकहरूले यो अफरलाई मन पराइदिनु हुनेछ र फूडमान्डुलाई अझै बढी माया र साथ प्रदान गर्नुहुनेछ ।'

माघ २४ देखि फागुन २ गतेसम्म लागू हुने यस अफरहरूमा सहभागी हुनका लागि फूडमान्डुको वेबसाइट वा फूडमान्डुको एप मार्फत फूड अर्डर गर्न सकिनेछ । 


Author

थप समाचार
x