कर्पोरेट

दियालो टेक्नोलोजिज र जापानको सीटीआइबीच सहकार्य, खानेपानी क्षेत्रलाई थप अत्याधुनिक गरिँदै

इकागज |
माघ २६, २०८० शुक्रबार १९:४६ बजे

काठमाडौँ- खानेपानीको क्षेत्रमा प्रविधि प्रयोग गरी अत्याधुनिक सेवा दिँदै आएको दियालो टेक्नोलोजिज प्रा.लि. र जापानको सीटीआइ इन्जिनियरिङ कम्पनी लिमिटेडबीच प्राविधिक सहकार्य गर्ने सम्झौता भएको छ ।

सम्झौतासँगै दुवै कम्पनीले खानेपानी क्षेत्रको अटोमेसन, खानेपानी समितिहरूको क्षमता विकासको लागि सहकार्य हुनेछ । सम्झौतापत्रमा दियालो टेक्नोलोजिजको तर्फबाट प्रमुख सञ्चालन अधिकृत सरस्वती पोखरेल र सीटीआइ कम्पनीका तर्फबाट प्रोजेक्ट म्यानेजर यासुको कामेगाइले हस्ताक्षर गरे ।


यस सहकार्यले स्मार्ट मिटारिंगसहितको प्रविधि प्रयोगले पानीको उत्पादन र वितरण प्रणालीको अटोमेसन र डिजिटलाइजेसनमा ठूलो फड्को मार्ने लक्ष्य राखिएको छ । साथै यस साझेदारीले सबैको लागि सुरक्षित पानीको पहुँच, खानेपानीको क्षेत्रमा रहेका चुनौती समाधान गर्न प्रविधिको प्रयोग, प्रविधि निर्माणमा सहकार्य लगायतका कामहरू गरिनेछ ।

दियालो टेक्नोलोजिज खानेपानी क्षेत्रमा प्रविधिको प्रयोग गरि सहजता प्रदान गर्ने कम्पनी हो । हाल देशभर ८ सयभन्दा बढी संस्थाहरूमा दियालोले विकास गरेको सफ्टवेयरको प्रयोग भइरहेको छ । सीटीआइ इन्जिनियरिङ इन्टरनेशनल कम्पनी लिमिटेड जापानको अग्रणी कम्पनी हो, जसले पूर्वाधार र दिगो शहरी तथा खानेपानीको क्षेत्रमा प्रविधिको प्रयोग मार्फत सहयोग पुर्याउँदै आएको छ ।


Author

थप समाचार
x