कर्पोरेट

टिभिएसको एक लाख सेलेब्रेसन एनओजी राइड सफलतापुर्वक सकियो

इकागज |
फागुन १, २०८० मंगलबार १३:५१ बजे

काठमाडौँ- टिभिएस मोटर कम्पनीको लागि नेपालको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एक लाख एन्टर्क स्कुटर बिक्री गर्न सफल भएको उपलक्ष्यमा एनओजी राइड सफलतापुर्वक सम्पन्न गरेको छ । गत माघ २७ गते शनिबार आयोजना भएको उक्त एनओजी राइड टिभिएसको नक्साल शोरुमबाट शुरु भएर शिवपुरीको 'द ग्रीन भ्याली' रिसोर्टमा पुगेर समापन भएको थियो ।

उक्त एनओजी राइडमा सहभागीहरूबीच विभिन्न गेमहरू पनि खेलाइएको थियो । साथै एनओजी राइडमा उपस्थित करिब १०० राइडरहरू माझ आफ्नो परिचय र अनुभव पनि आदानप्रदान गरिएको थियो । सहभागी सम्पूर्ण राइडरहरूलाई सहभागिताको प्रमाणपत्र प्रदान पनि पनि प्रदान गरिएको थियो । साथै उक्त राइडमा स्कुटरहरू राखेर एक लाखको सुन्दर आकार पनि बनाइएको थियो ।


उक्त राइडमा हेड मार्शल गौरव पाठकले सडक सुरक्षाको बारेमा विभिन्न जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरेका थिए ।

साथै प्रोडक्ट हेड करुणा पुडासैनीले एक लाख सेलिब्रेशनको बारेमा जानकारी दिएका थिए भने माक्रेटिङ डेप्युटी जिएम विक्रम पौडेल र सेल्स हेड आषिर श्रेष्ठले सहभागी ग्राहकहरूलाई स्वागत गरेका थिए ।

राइडको समापन १ लाख सेलेब्रेसनको केक काटेर गरिएको थियो । टिभिएस एनटर्क बेस्ट–इन–क्लास पावर, पिक–अप र पर्फर्मेन्सको लागि लोकप्रिय रहेको जनाएको छ । नेपाली बजारमा अत्याधुनिक प्रविधियुक्त स्कुटरहरु उपलब्ध गराउने टिभिएस् पहिलो कम्पनी हो ।

स्मार्ट टेक्नोलोजी, दमदार पर्फर्मेन्स र स्पोर्टी डिजाइनले गर्दा टिभिएस एनटर्क ग्राहकहरुको पहिलो रोजाइमा पर्न सफल भएको हो । २०१८ मा नेपालमा लन्च भए लगत्तै नेपाली ग्राहकहरूमाझ लोकप्रिय नेपालको पहिलो स्पोर्टी स्मार्ट स्कुटर टिभिएस् एनटर्क एक लाख बिक्री भइसकेको छ ।


Author

थप समाचार
x