कर्पोरेट

नेपालपे क्यूआरबाट सेल्सबेरीमा भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक

इकागज |
फागुन ४, २०८० शुक्रबार १९:४१ बजे

काठमाडौँ- अब ग्राहकहरूले नेपालपे क्यूआर स्क्यान गरी सेल्सबेरीमा भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम एक सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्ने भएका छन । उक्त अफर नेपाल भरी रहेका सम्पूर्ण सेल्सबेरीको स्टोरहरूमा फाल्गुण ५ बाट फागुन २० गतेसम्म उपलब्ध हुने जनाइएको छ ।

उक्त अफरमा ग्राहकहरूले सेल्सबेरीको स्टोरमा सामान खरिद गर्दा स्टोरमा रहेको डायनामिक क्यूआर स्क्यान गरी भुक्तानी गरी प्रतिदिन एक कारोबारमा क्यासब्याक प्राप्त गर्न सक्नेछन् भने अफर अवधिभरि तीन पटकसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । ग्राहकले आफूसँग भएको कुनै पनि वाणिज्य बैंक, प्राय: जसो विकास बैंक र फाइनान्स कम्पनीहरूको मोबाइल बैंकिङ्ग, वालेटहरू वा कनेक्टआईपीएस प्रयोग गरी नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।


नेपालपे क्यूआर नेशनल पेमेन्ट स्वीच अन्तर्गत क्यूआर भुक्तानीलाई एप वा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तर आबद्धता कायम गर्न सक्ने नेपाल-क्युआर स्ट्याण्डर्डको पूर्वाधार हो । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरूले नेपालपे क्यूआर मा ४ लाख ६५ हजार र स्मार्ठ क्यूआर को २ लाख ५० हजार समेत गरी ७ लाख १५ हजारभन्दा बढी मर्चेन्टहरू आबद्ध गरेका छन् ।


Author

थप समाचार
x