कर्पोरेट

सीजीको 'बिग सीजी डे' अफर

इकागज |
फागुन १०, २०८० बिहीबार १३:४१ बजे

काठमाडौँ - चौधरी ग्रुपअन्तर्गत सीजी डिजिटल ई–कमर्सले बिग सीजी डे २४.२.२४ योजना ल्याएको छ । बिग सीजी डे योजना प्रत्येक वर्ष विशेष योजनाका रूपमा सीजी डे ई–कमर्सले मनाउने कम्पनीले बताएको छ ।

योजनामा चौधरी ग्रुपअन्तर्गत रहेका विभिन्न उत्पादन र सेवा आकर्षक छुटमा फागुन १२ देखि फागुन २१ गतेसम्म उपलब्ध हुनेछ । चौधरी ग्रुप अन्तर्गतको सीजी इलेक्ट्रोनिक्सको अनलाईन एप सीजी डिजिटलबाट हरेक घरायसी सामाग्रीको खरीदमा धेरै छुट पाइने कम्पनीले जनाएको छ ।


बिग सीजी डे २४.२.२४ मा सीजी ग्रुपअन्तर्गत सीजी इलेक्ट्रोनिक्स, सीजी फुड्स, सीजी नेट, सीजी हिल्स्, सीजी एजुकेसन, सीजी हस्पिटालिटी, सीजी सिमेन्ट, सीजी पे र युनाइटेड इन्स्योरेन्स का विभिन्न उत्पादन तथा सेवा–सुविधामा विभिन्न अफर राखिएको छ ।


Author

थप समाचार
x