कर्पोरेट

इसेवा केयरको इसेवा लाइफ केयर, ५ लाख ३० हजारसम्मको आर्थिक सुरक्षा पाइने

इकागज |
फागुन १३, २०८० आइतबार १९:४७ बजे

काठमाडौँ- नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले इसेवा केयरको सफलतासँगै इसेवा लाइफ केयर योजना सार्वजनिक गरेको छ ।

यसअघि दुर्घटना तथा बिरामी पर्दाको अवस्थालाई मध्यनजर गर्दै सार्वजनिक गरिएको इसेवा केयरलाई ग्राहकले अत्यधिक मन पराएपछि अहिले जीवनकै बीमा हुने गरी इसेवा लाइफ केयर योजना सार्वजनिक गरिएको हो । इसेवा लाइफ केयर एक टर्म लाइफ जीवन बीमा प्याकेज हो, जसले ५ लाख ३० हजारसम्मको जीवन बीमाको ग्यारेन्टी गर्दछ । यो जीवन बीमा योजना सन लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा सञ्चालन गरिएको हो ।


यस योजनामा इसेवा केयरमा जस्तै विभिन्न स्वास्थ्य सम्बन्धी सेवाहरूमा अफर तथा छुटहरू समेत समावेश गरिएको छ । यस योजनामा वार्षिक रु ७ सयदेखि सुरुवाती मूल्यमा ५ लाख ३० हजार रुपैयाँको लाइफ केयर प्रदान गर्दछ । यस योजनाले सस्तो मूल्यमा १८ देखि ४५ वर्ष उमेर सम्मको बिमाका साथै अन्य स्वास्थ्य सुविधाहरू प्रदान गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । यस योजनामा उमेर अनुसार प्रिमियम रकम पनि फरक हुनेछ ।

यसअघि दुर्घटना तथा बिरामी पर्दाको अवस्थालाई मध्यनजर गर्दै सार्वजनिक गरिएको इसेवा केयरलाई ग्राहकले अत्यधिक मन पराएपछि यसमा जीवन बीमा पनि समावेश गरी इसेवा लाइफ केयर योजना सार्वजनिक गरिएको हो ।

इसेवा लाइफ केयर योजनामा टर्म लाइफ कभरेज २ लाख ५० हजार, दुर्घटना उपचार खर्च एक लाख, अस्पतालको बेड चार्जमा १० हजार, दुर्घटनाबाट भएको मृत्युमा एक लाख २० हजार, गम्भीर रोगको ५० हजार र ३० भन्दा बढी स्वास्थ्य र सौन्दर्य सम्बन्धित सेवामा ३५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिन्छ । इसेवा प्रयोगकर्ताले यो सेवा लिन सुरुमा इसेवाको मोबाइल एप्स् अथवा वेब पेजमा जानुपर्नेछ ।

इसेवा लाइफ केयर खरिद कसरी गर्ने ?

१. इसेवा केयर अप्सनमा क्लिक गर्नुपर्नेछ । 
२. त्यसपछि त्यहाँ इसेवा केयर र इसेवा लाइफ केयरको अप्सन देखिनेछ । 
३. इसेवा लाइफ केयरमा क्लिक गरी मागिएका विवरण भरेर भुक्तानी गरेपछि यो सेवा लिन सकिनेछ । 
४. यस योजना खरिद गर्नका लागि प्रयोगकर्ता इसेवामा केवाइसी प्रमाणित हुनुपर्नेछ भने खरिद गरेको २४ घन्टामा यो योजना लागू हुनेछ । 
५. प्रयोगकर्ताले बीमा सेवाको उपभोग गर्न बीमा गरेको प्रमाण साथमा राख्नुको साथै दाबीका लागि आवश्यक कागजात बोक्नुपर्नेछ । इसेवा प्रयोगकर्ताले दुर्घटना, अस्पताल भर्ना, मृत्यु दाबीका लागि हिमालयन एभरेष्ट इन्स्योरेन्समा सम्पर्क गरी आवश्यक कागजात पेश गरी भुक्तानीका लागि दाबी गर्नुपर्नेछ । 

हाल देशभर इसेवाको मोबाइल एप्स् डाउनलोड गर्नेको संख्या १ करोड २ लाखभन्दा बढी पुगेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ९० लाख जनसङ्ख्याले इसेवा मार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब २ लाख २० हजारको संख्यामा एजेन्ट नेटवर्क रहेको छ । इसेवाले केन्द्रीय कार्यालयसहित सातै प्रदेशबाट सेवा दिइरहेको छ । इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब ४ लाख मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।


Author

थप समाचार
x