कर्पोरेट

'बिग सिजी डे' मा नबिल, माछापुच्छ्रे र एनएमबी बैंकद्वारा क्यास ब्याक अफर

इकागज |
फागुन १४, २०८० सोमबार १८:३९ बजे

काठमाडौँ- एनएमबी, नबिल र माछापुच्छ्रेले बिग सिजी डेको अवसरमा ग्राहकहरूका लागि सुनौलो अफर ल्याएको छ  । सिजी डिजिटलसँगको साझेदरीमा यही फाल्गुन १२ देखि फाल्गुन २१ गतेसम्म नबिल बैंकका ग्राहकहरूले डेबिट कार्डमार्फत २० प्रतिशत छुट वा अधिकतम दुई हजार रुपैयाँसम्म क्यास ब्याक र क्रेडिट कार्डमार्फत २५ प्रतिशत छुट वा अधिकतम दुई हजार पाँच सय रुपैयाँसम्म छुट पाउन सक्ने छन्  ।

साथै माछापुच्छ्रे बैंकका ग्राहकहरूले डेबिट कार्डमार्फत २४  प्रतिशत छुट वा अधिकतम सात सय २४ रुपैयाँसम्म क्यास ब्याक र क्रेडिट कार्डमार्फत २४ प्रतिशत छुट वा अधिकतम एक हजार २४ रुपैयाँसम्म छुट पाउन सक्ने छन्  ।


त्यस्तै गरि  एनएमबी बैंकका ग्राहकहरूले  कार्डमार्फत १०  प्रतिशत छुट वा अधिकतम पाँच रुपैयाँसम्म क्यास ब्याक  छुट पाउन सक्ने छन्  ।

BIG CG DAY को मुख्य हाइलाइटहरू ८००+ सामानहरूमा ३६% सम्मको छुट, थप १०% सम्मको मेगा भउचर, २४ हजार सम्म क्यास ब्याक ,डेल्ली गिभअवेको रूपमा १० दिन सम्म हरेक दिन एकजना लक्की विजेता जसले आफूले किनेको सामान बराबरको अर्को समान नि:शुल्क किन्न पाउने, ४१४१ सम्म सिजी पोइन्ट रहेको कम्पनीले जानकारी दिएको छ ।

बिग सीजी डे २४.२.२४ मा सीजी ग्रुपअन्तर्गत सीजी इलेक्ट्रोनिक्स (LG, CG, TCL, Godrej, Beko, Midea, Kent, Black + Decker, Crompton, Elica, Sensei), सीजी फुड्स, सीजी नेट, सीजी हिल्स्, सीजी एजुकेसन, सीजी हस्पिटालिटी, सीजी सिमेन्ट, सीजी पे र युनाइटेड इन्स्योरेन्स का विभिन्न उत्पादन तथा सेवा-सुविधामा विभिन्न अफर राखिएको छ ।
 


Author

थप समाचार
x