कर्पोरेट

सिजी ब्राण्डको डिलर मिट सौराहमा

इकागज |
फागुन १५, २०८० मंगलबार ११:८ बजे

काठमाडौँ- नेपालकै सबैभन्दा ठूलो र नं. १ ब्राण्ड सिजीले फागुन १४ गतेको दिन सौराहस्थित होटल जंगल क्राउनमा आफ्नो डिलर मिट कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सिजीले पोखरा, बुटवल र नारायणघाट एरियासम्मका सम्पूर्ण डिलरहरूलाई निमन्त्रणा गरि कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ ।

कार्यक्रममा सिजी का भाईस प्रेसिडेन्ट एस.सि.साबु  र बि.यु. यच. धर्मेन्द्र जोशीले दिप प्रज्जवलन गरि कार्यक्रम प्रारभ गरेका थिए । सेल्स हेड हरिचन्द्र अर्यालले आकर्षक स्किमको पनि घोषणा गरे ।


कार्यक्रममा ७० जनाभन्दा बढि डिलरहरूका साथै पत्रकारहरूको उपस्थिति रहेको थियो । सिजी ब्राण्डका घरायसी सामाग्रीहरूको प्रदर्शनी गर्नुका साथै आफ्ना सामानहरुको जानकारी एवंम आउँदै गरेको सामानहरूको बारेमा पनि प्रोडक्ट प्लानिङ्ग म्यानेजमेन्ट टिमले बताए ।

कार्यक्रमा चौधरी ग्रुपलगायत सिजी ब्राण्डका कर्पोरेट भिडियो देखाई कम्पनी र ब्राण्डको बारेमा जानकारी दिइएको थियो । साथै बिभिन्न क्षेत्रका डिलरहरूलाई बिभिन्न अवार्डहरू वितरण गरि हौसला पनि प्रदान गरिएको थियो । क्रार्यक्रममा सिजी ब्राण्डले यू.एच.डि.र क्युलेड सेगमेन्टमा नयां गुगल टि.भी. सम्पूर्ण डिलरहरूबीच लन्च गर्‍यो ।

डिलरहरूलाई आउँदा दिनहरूमा अझै राम्रा राम्रा सामानहरू र आकर्षक योजनाहरू पनि ल्याउने जानकारी दिँदै सेल्स हेड हरिचन्द्र अर्याल र सि. जी. सेल्सका डि.जी. एम शैलेन्द्र झाले बाचा गरे । साथै सि. जीका मार्केटिङ मेनेजर गौरव हमालले आफ्ना बहुमुल्य शब्दहरूका साथ आफ्ना डिलरहरूलाई हौसला प्रदान गरे ।


Author

थप समाचार
x