कर्पोरेट

फोनेपेले सुरु गर्‍यो 'सक्षम नारी' अभियान

इकागज |
फागुन १५, २०८० मंगलबार १७:२८ बजे

काठमाडौँ- फोनपे नेपालको सबैभन्दा ठूलो भुक्तानी नेटवर्कले देशभरका महिलाहरूका लागि वित्तीय समावेशीकरण र आत्मनिर्भरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नो पछिल्लो अभियान 'सक्षम नारी' सुरु गरेको छ । यस अभियानद्वारा फोनपेले आर्थिक वृद्धि र समृद्धिका लागि नारीहरूले खेल्ने निर्णायक भूमिकालाई मान्यता दिई सबै वर्गका नारीहरूलाई डिजिटल भुक्तानीका माध्यममा सशक्त बनाउने कोसिस गरेको छ ।  

फोनपेले नबिल र सानिमा बैंकसँगको सहकार्यमा यो अभियान सुरु गरेको हो । माघ २६ गतेदेखि सुरु भएको यो अभियान फागुन २८ गतेसम्म चल्नेछ ।


अभियानमा सहभागी हुन नबिल र सानिमा बैंकका महिला प्रयोगकर्ताहरूले आफ्नो मोबाइल बैंकिङ एप मार्फत अभियान अवधिभर कुनै पनि Fonepay सेवाहरू फोनपे QR, Fonepay Direct र Fonepay बिल प्रयोग गरी कम्तीमा ३ वटा कारोबार गर्नुपर्ने रहेको छ । नबिल बैंकका एक जना महिला प्रयोगकर्ताले अभियानको मापदण्ड पूरा गरेपछि श्री बालाजी डायमण्डबाट उत्कृष्ट हीरा सेट पाउनेछन्, साथै सानिमा बैंक र नबिल बैंकका १०० महिला प्रयोगकर्ताहरूले रु १००० को ग्यारेन्टी टप-अप जित्ने छन् ।

अभियानको उद्देश्यका बारेमा बोल्दै फोनपेका Chief Strategy Officer सुबोध शर्माले भने, 'सक्षम नारी अन्य नियमित अभियानहरू भन्दा फरक छ, यो महिलाहरूमा प्रविधि अपनाउन प्रोत्साहित गर्ने पहल हो । हाम्रो तथ्याङ्कले डिजिटल माध्यमबाट महिलाहरू माझ भुक्तानीको प्रयोग कम भएको देखिएको छ र यो अभियान मार्फत हामी यो स्वरूप परिवर्तन गर्न चाहन्छौं । हामी आशा गर्दछौं कि यो अभियानले सबै क्षेत्रका महिलाहरूको जीवनमा सकारात्मक प्रभाव पार्नेछ ।'

फोनपेले सधैं आफ्ना ग्राहकहरूको कारोबारका सुरक्षालाई विशेष प्राथमिकतामा राखेको पाइन्छ र यही अनुरूप सुरक्षित कारोबारलाई सुनिश्चित गर्न भुक्तानीका समस्त सुविधाहरूमा इन्क्रिप्सन र प्रमाणीकरण प्रोटोकलहरू समावेश भएको छ ।


Author

थप समाचार
x