कर्पोरेट

टिसिएल लगातार दुई वर्ष ग्लोबल टप २ टिभि ब्रान्डको स्थानमा

इकागज |
फागुन १९, २०८० शनिबार १०:२२ बजे

काठमाडौँ- टिसिएल इलेक्ट्रोनिक्सले मार्केट रिसर्च कम्पनी ओमडियाद्वारा फेरि ग्लोबल टप २ टिभि ब्रान्डको रूपमा मान्यता प्राप्त गरेको छ । ओम्डियाको ग्लोबल टिभी सेट रिपोर्ट २०२३ अनुसार टीसीएलले आफ्नो दोस्रो स्थान कायम राखेको छ ।

ब्रान्डद्वारा ग्लोबल टिभी बजार लगातार दोस्रो वर्ष, टिभीमा कुल २५.२६ मिलियन युनिट अर्थात् १२.५ प्रतिशत बजार शेयर प्रतिनिधित्व गर्न सफल भएको छ । यो उपलब्धिको मूल कारण कम्पनीको मिनी एलईडी टिभीहरू जस्ता सफल प्रिमियम टिभीहरुको श्रृंखला २०२३ मा बजारमा उपलब्ध गराउनु थियो । यस खालका टिभिले हालैका वर्षहरूमा चर्चा पाएका छन् ।


आफ्नो प्रिमियम टिभी उत्पादन पोर्टफोलियोलाई विस्तार गर्ने र अभिवृद्धि गर्ने लक्ष्यका साथ, टिसिएलले सन् २०१९ मा विश्वमै मिनी एलईडी टिभीको ठूलो उत्पादन गर्ने पहिलो कम्पनी पनि बन्यो । यसको बहु स्वामित्व मिनी एलईडी टेक्नोलोजीकै कारणले टिसिएलले अतुलनीय डिस्प्ले गुणस्तर र यसका टिभीहरूसँग प्रिमियम हेर्ने अनुभव प्रदान गर्दैछ ।

टिसिएलले गत वर्ष ९८ इन्च र सोभन्दा माथिको मिनी एलईडी टिभीहरूको श्रृंखला पनि बजारमा सार्वजनिक गरेको जनाएको छ । उल्लेखनीय रूपमा, सिइएस २०२४ मा संसारको सबैभन्दा ठूलो ११५-इन्च क्युडी -मिनी एलईडी टिभीले उत्तरी अमेरिकामा डेब्यू गरेको थियो।

टिसिएल इलेक्ट्रोनिक्स (१०७०.यचके) एक चर्चित उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड र विश्वव्यापी रूपमा अग्रणी रहेकव दाबी गरेको छ । टेलिभिजन उद्योग टिसिएलले अहिले विश्वभर १६० भन्दा बढी देशहरु सञ्चालन गर्दछ । कम्पनी उपभोक्ता इलेक्ट्रोनिक्सको अनुसन्धान, विकास, र निर्माणमा अगाडी बढ्दै टिभी, अडियो, घरेलु उपकरण, मोबाइल उपकरण, स्मार्ट चश्मा, व्यावसायिक लगायतका उत्पादनहरूमा महत्वोपूर्ण योगदान गर्दै आएको छ । 
नेपालमा टिसिएल सामानको अधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत इ.ए .ओल  प्रालि रहेको छ ।


Author

थप समाचार
x