कर्पोरेट

'मनिग्राम'बाट पठाएको पैसा 'आइएमई पे'बाट झिक्दा पाँच सयसम्म बोनस पाउने

इकागज |
चैत १५, २०८० बिहीबार ११:५ बजे

काठमाडौँ- डिजिटल वालेट आइएमई पेले मनिग्राममार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँ सम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ । फागुन १० गतेबाट  सुरु भएको सो अफर दुई महिनासम्म रहने जनाएको छ ।

यस अफरअन्तर्गत विदेशमा रहेका सेवाग्राहीहरूले मनिग्राममार्फत पठाएको रकम आइएमई पेमार्फत प्राप्त गर्दा पाँच सय रुपैयाँ  बोनससम्म पाउने जनाएको छ । मनिग्राम बाहेक अन्य रेमिटेन्स सेवाहरू अल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यासमार्फत पठाइएको रकम  आइएमई पेमार्फत प्राप्त गर्दा पनि एक सय रुपैयाँ बोनस  प्राप्त गर्न सकिने छ । आइएमई पेमार्फत संसारको कुनै पनि देशबाट पठाएको पैसा प्रयोगकर्ताहरूले सजिलै प्राप्त गर्न सक्छन् ।
 



Author

थप समाचार
x