कर्पोरेट

तीन महिनाभित्रै ३ जना अभिकर्ताहरू एमडिआरटी बन्‍न सफल

इकागज |
चैत ३०, २०८० शुक्रबार २१:४ बजे

काठमाडौँ- नेशनल लाईफ इन्स्योरेन्सबाट तीन महिनाभित्रै तीन जना अभिकर्ताहरू एमडिआरटी– २०२५ बन्न सफल भएका छन् ।

कम्पनीको विभिन्न शाखामा आबद्ध रही कार्य गर्ने अभिकर्ताहरू शशीकला तामाङ, नेत्रबहादुर राउत र बिमल न्यौपानेले तीन महिनाभित्रै अभिकर्ताहरूको सर्वोच्च संस्था मिलियन डलर राउण्ड टेबल २०२५ मा छनौट हुन सफल भएका हुन् ।


एमडिआरटी– २०२५ को लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरूलाई कम्पनीले बधाई तथा शुभकामना व्यक्त गरेको छ । एमडिआरटी– २०२५ को लक्ष्य पूरा गर्ने अभिकर्ताहरूले आगामी ९ महिनाभित्र सिओटी (कोर्ट अफ द टेबल) र टिओटी (टप अफ द टेबल) को लक्ष्य समेत पूरा गर्ने गरी बीमा व्यवसायलाई अगाडि बढाउने धारणा व्यक्त गरेका थिए ।

एमडिआरटीमा तोकिएको प्रिमियमको ३ गुणा प्रिमियममा सिओटी र ६ गुणा प्रिमियममा टिओटी छनौट हुने प्रावधान रहेको छ ।
 


Author

थप समाचार
x