कर्पोरेट

रियलमी १२ प्रो प्लस नेपालमा आउँदै, कस्तो छ फोन ?

इकागज |
जेठ १५, २०८१ मंगलबार १३:४३ बजे

काठमाडौँ- सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा रियलमी १२ प्रो प्लस चाँडै ल्याउने भएको छ । आकर्षक डिजाईन तथा अत्याधुनिक प्रविधिको साथ ग्राहकहरूको मन जित्दै रियलमी १२ प्रो प्लसले नेपालको स्मार्टफोन बजारमा नयाँ तरङ्ग ल्याउने रियलमीले अपेक्षा राखेको छ । 

डिजाईन र डिस्प्ले
रियलमी १२ प्रो प्लस मा ६.७ इन्चको सुपर एमोलेड डिस्प्ले तथा फुल एचडी रिजोलुसन रहेको छ जसले प्रयोगकर्ताहरूलाई रङ्गिन तथा सार्प कन्ट्रास्ट स्क्रिनको अनुभव प्रदान गर्ने रियलमीले जनाएको छ । फोनसँगको हरेक अन्तरक्रियालाई रमाइलो बनाउनको लागि रियलमी १२ प्रो प्लसमा १२० हटर्जको रिफ्रेस रेट राखिएको छ ।  


दमदार पर्फर्मेन्स तथा स्टोरेज
क्वाल्कम स्न्याप ड्रयागन ७ एस जेन २ प्रोसेसर तथा ४ एनएम अक्टा सीपीयूमा चल्ने रियलमी १२ प्रो प्लसमा धेरै एपहरू चलाउँदा पनि एकदमै छिटो काम गर्छ । यो फोनमा १२ जिबीको र्‍यामसँग ५१२ जिबीको आन्तरिक स्टोरेज दिइएको छ जुन आवश्यकता अनुसार २४ जिबीसम्म बढाउन पनि सकिन्छ ।  

अत्याधुनिक क्यामरा
फोटोग्राफी तथा भिडियो निर्माणमा चाख राख्नेहरूको लागि रियलमी १२ प्रो  प्लसको क्यामरा अति उपयोगी हुन्छ । ६४ मेगापिक्सेलको पेरिस्कोप क्यामेरा, ओम्नि भिजन ओभि ६४ बी सेन्सर र ओआईएस, अत्यधिक सफा फोटोको लागि ५० मेगापिक्सेलको सोनि आईएमएक्स ८९० ओआईएस क्यामरा, ८ मेगा पिक्सेलको ११२ डिग्रीको वाइड एङ्गल क्यामरा र ३२ मेगा पिक्सेलका सोनि आईएमएक्स ६१५ सेल्फी क्यामरा जस्ता अत्याधुनिक सुविधाहरू रियलमी १२ प्रो प्लस मा उपलब्ध छ ।

यी अत्याधुनिक क्यामराहरूले प्रयोगकर्तालाई अटो जुम, सुपर नाईटस्केप, स्टारी मोड प्रो तथा फोर के भिडियो रेकर्डिङ्ग जस्ता फिचरहरू प्रदान गर्दछ । 

टिकाउ ब्याट्री तथा सुपरफास्ट चार्जिङ्ग
६७ वाटको सुपरभोक सुपरफास्ट चार्जीङ्ग युक्त ५,००० एमएएच्को ब्याट्रीले गर्दा रियलमी १२ प्रो प्लसका प्रयोगकर्ताहरूले थोरै समय चार्ज गरेरै धेरै समयसम्म फोन चलाउन सक्छन् । यो फोनको खरिदमा ६७ वाटको सुपरभोक चार्जिङ्ग एडप्टर तथा यूएसबी टाईप–सी केबल निःशुल्क पाइन्छ । 

नेपालमा रियलमी १२ प्रो प्लसको १२ जिबी र्‍याम र २५६ जिबी स्टोरेजको भेरियन्ट उपलब्ध हुने अनुमान गरिएको जनाएको छ ।


Author

थप समाचार
x