कर्पोरेट

युएईबाट बोटिममार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा पाँच सयसम्म बोनस

इकागज |
फागुन १६, २०८१ शुक्रबार ११:८ बजे

काठमाडौँ- नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले  युएईबाट बोटिममार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा रु. ५०० सम्म बोनस प्राप्त गर्न सकिने अफर सार्बजनिक गरेको छ ।

"बोटिम" एप मार्फत युएईमा बस्ने नेपालीले नेपालमा आइएमई पे एपमा रकम पठाउन मिल्ने साझेदारी अन्तर्गत यो अफरले युएईमा रहेका नेपाली दाजुभाई तथा  दिदीबहिनीमा थप उत्साह थप्न मद्त गर्ने विश्वास कम्पनिले राखेको छ । 


यहि फाल्गुन १५ देखि चैत्र १५ सम्म लागु हुने  अफर अन्तर्गत  नेपाली रु. १०,००० वा त्यो भन्दा बढि प्राप्त गर्ने १० जना भाग्यशाली विजेताले बोनस रकम प्राप्त गर्न सक्नेछन्  । 

आइएमई पेमा विदेशको कुनैपनि कुनाबाट पठाएको रकम सजिलै प्राप्त गर्न सकिन्छ। विदेशमा कडा परिश्रम गरी कमाएर पठाएको पैसा सुरक्षित माध्यम मार्फत छिट्टै र सजिलै नेपालमा आफ्नो परिवारको हातमा प्राप्त गराउन आइएमई पेले लामो समयदेखि सेवा दिँदै आएको छ।
 


Author

थप समाचार
x