कर्पोरेट

वाइवाइको जिंगल रिमिक्स विजेतामा भट्टराई

इकागज |
भदौ ११, २०७८ शुक्रबार ११:५४ बजे

काठमाडौँ - वाइवाइको ‘हामी सबैको वाइवाइ जिंगल रिमिक्स प्रतियोगीता’ मा सुनसरीका सम्राट भट्टराई विजेता बनेका छन् । विजेताले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । 

अन्य उत्कृष्ट ९ सहभागी सबै प्रतियोगीहरुलाई २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेको छ । वाइवाइले विश्व संगीत दिवस, २१ जुनमा यो प्रतियोगिता आयोजना गरेको थियो । १ महिनासम्म संचालन गरिएको यो प्रतियोगीता गएको जुलाई २१ मा समाप्त भएको थियो । मुलुकभरबाट सहभागी प्रतियोगीहरु मध्येबाट उत्कृष्ट १० को छनौट गरिएको थियो । 



Author

थप समाचार
x