अदालत

आईजीपी नियुक्तिविरुद्धको मुद्दा हेर्दा हेर्दैमा, अर्को सुनुवाइ असार ५ मा

इकागज |
जेठ ३०, २०७९ सोमबार १७:२८ बजे

फाइल फोटो

काठमाडौं – नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति विरुद्धको मुद्दा हेर्दा हेर्दैमा राखिएको छ । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासले सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेको हो ।  

सरकारले धिरजप्रताप सिंहलाई आईजीपीमा नियुक्त गरेपछि वरिष्ठता मिचेको भन्दै १६ महिना सिनियर एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । सरकारले गरेको उक्त निर्णय खारेज गर्न परमादेशको माग गर्दै पोखरेलले वारेसनामा मार्फत रिट दायर गरेका थिए । 


 उक्त रिटमा वैशाख २२, जेठ १७ गरी दुईपटक सुनुवाइ भइसकेको छ । अर्को सुनुवाइका लागि असार ५ गतेको मिति तोकिएको छ ।


Author

थप समाचार
x