अदालत

कानुन मन्त्रीले पनि पाए वरिष्‍ठ अधिवक्ताको उपाधि

इकागज |
असार ३१, २०७९ शुक्रबार ९:३२ बजे

फाइल तस्बिर

काठमाडौँ- कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा ‘बन्दी’ ले वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गरेका छन् । मन्त्री बनेको तीन महिनामा उनले 'वरिष्‍ठ अधिवक्ता'को उपाधि प्राप्त गरेका  हुन् ।

सर्वोच्च अदालतको असार २९ गतेको पूर्ण बैठकबाट नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० को दफा २१ बमोजिम उनले वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गरेका हुन् ।


वरिष्ठ अधिवक्ताको सूचीमा मन्त्री बन्दीको नाम ७६ औँ नम्बरमा छ । उनको प्रमाणपत्र नम्बर ३९५५ र २०५० सालमा जारी भएको हो । सर्वोच्च अदालतले उनीसहित बिहीबार १३३ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको सार्वजनिक गरेको थियो ।

बन्दी गत चैत २४ गते मन्त्रीमा नियुक्त भएका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ‌ओलीले दुई पटकसम्म प्रतिनिधिसभा विघटन गर्दा बन्दीले विपक्षमा बहस गरेका थिए ।


Author

थप समाचार
x