अदालत

एआईजी विश्वराज पोखरेलेको रिट सर्वोच्चद्वारा खारेज

इकागज |
असार ३१, २०७९ शुक्रबार १५:२९ बजे

फाइल फोटो

काठमाडौँ - अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले प्रहरी महानिरीक्षकमा आफूलाई नियुक्ति गरिपाउँ भनेर सर्वोच्च अदालतमा दायर गरेको रिट खारेज भएको छ ।

सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दिपककुमार कार्की र कुमार चुडालको इजलासले पोखरेलको रिट शुक्रबार खारेज गरेको हो ।


अदालतले पोखरेलसँगै आईजीपी नियुक्तिलाई अदालतमा चुनौती दिएका घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीको रिट पनि खारेज गरेको छ ।

आईजीपीमा सरकारले आफूभन्दा जुनियर धिरजप्रताप सिंहलाई नियुक्त गरेको भन्दै एआईजी पोखरेल रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । 


Author

थप समाचार
x