अदालत

गोलाप्रथाले मुद्दा फैसलामा सहज भएको दाबी, उच्च अदालतद्वारा एक वर्षमा १२८४ मुद्दा फैसला

इकागज |
असार ३१, २०७९ शुक्रबार १८:८ बजे

मकवानपुर । कुन मुद्दा कसले हेर्नेबारे न्यायाधीश छान्नमा गोलाप्रथा लागू गरेपछि मुद्दा फैसलामा सहज भएको दाबी गरिएको छ । पुनरावेदन उच्च अदालत पाटन, हेटौंडा इजलासमा मुद्दा फैसलामा सहज भएपछि फैसलाको दर समेत बढेको दाबी गरिएको छ ।

अदालतले एक वर्षको अवधिमा १ हजार २ सय ८४ मुद्दाको फैसला गरेको छ । अदालतमा न्यायाधीशको उपस्थितिमा आज आयोजित पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गर्दै यसका बारेमा जानकारी दिएको हो । आर्थिक वर्ष २०७८/०७९ का अनुमानित वार्षिक फछर्यौट लक्ष्य १ हजार १९४ रहेकामा फछर्यौट १२ सय ८४ भएको अदालतका रजिष्ट्रार जगदिश प्रसाद भट्टले बताए । जसमा नयाँ दर्ता अनुमान १ हजार १ सय ४९ रहेको र लक्ष्य पुग्न बाँकी ९० थान रहेको छ ।


आव २०७६/०७७ मा कुल १० हजार ७२ र फछर्यौट ६६४ रहेको थियो भने बाँकी ४०८ थान मुद्दा रहेको थियो । त्यस्तै, आव २०७७्–०७८ मा लगत १४ सय ४५ र फछर्यौट ८२६ हुनका साथै ६१९ थान बाँकी मुद्दा रहेको रजिष्ट्रार भट्टले बताए । अंग नपुगेका मुद्दाहरु फछर्यौट गर्न नसकिएको बताईएको छ । अदालतले गत २ माघबाट गोलाप्रथा सुरु गरि कुन मुद्दा कसले हर्ने भन्ने सहज वातावरण सिर्जना भएको भट्टले बताए । जसको कारण लक्ष्यमा पुग्न सफल भएको अदालतका न्यायाधीश अब्दुल अजित मुसलमानले बताए ।

गोलाप्रथा लागू भएपछि न्यायाधीश १० बजे आउने र ११ बजे नै बेन्च बस्ने गर्ने गरेको पाइएको छ । जसकारण लक्ष्यभन्दा बढी मुद्दा फैसला गर्न सफल भएको उनले बताए । केही मुद्दा भने सेवाग्राहीकै व्यक्तिगत कारणले फैसलामा ढिला हुने गरेको उनले बताए । पत्रकार अन्तरक्रियामा न्यायाधीशहरू मेरिना श्रेष्ठ, निर्मला शाक्य, रजिष्ट्रार भट्ट लगायतको आतिथ्यता रहेको थियो ।


Author

थप समाचार
x