अदालत

बारले बुझायो चोलेन्द्रमाथिको महाभियोग पुष्टि हुने ३४ बुँदे प्रमाण

इकागज |
भदौ १२, २०७९ आइतबार २१:२० बजे

फाइल फोटो

काठमाडौँ - नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरामाथिको महाभियोग पुष्टि हुने ३४ बुँदे प्रमाणसहितको पत्र संघीय संसद्को महाभियोग सिफारिस समितिलाई बुझाएको छ ।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले महाअभियोग पुष्टि हुने प्रमाण कागजातसहितको पत्र आज समितिमा बुझाएको हो । पत्रमा प्रधानन्यायाधीश जबरा उपरको नेपालका संविधानको धारा १०१ बमोजिम महाभियोग प्रस्तावलाई पुष्टि गर्ने महाभियोग आरोपसँग सम्बन्धित कागजात, विवरण, जानकारी लगायतका प्रमाणहरू पठाइएको उल्लेख छ ।


“प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराउपर नेपालको संविधानको धारा १०१ बमोजिम महाभियोग प्रस्तावलाई पुष्टि गर्नका लागि महाभियोग आरोपसँग सम्बन्धित कागजात, विवरण, जानकारी लगायतको प्रमाणहरू पेश गरिएको छ”,उक्त पत्रमा लेखिएको छ । 

महाअभियोग सिफारिस समितिले यही भदौ १५ गते निलम्बित प्रधानन्यायाधीश जबरालाई बयानका बोलाउने निर्णय गरेको थियो ।


Author

थप समाचार
x