अदालत

राप्रपा नेपाललाई तीर चुनाव चिन्ह दिने निर्णय कार्यान्वयन नगर्न आदेश

इकागज |
भदौ १२, २०७९ आइतबार २१:३४ बजे

फाइल फोटो

काठमाडौँ - सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा नेतृत्वको पार्टीलाई तत्काल तीर चुनाव चिह्न प्रदान गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश सपना प्रधान मल्लको इजलासलले आज उक्त पार्टीलाई तीर चुनाव चिह्न दिने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, 'निर्वाचन आयोगले २०७९/५/८ गतेको तिर निर्वाचन चिह्न प्रदान गर्ने निर्णय कार्यान्वयन नगर्नु, नगराउनु ।'


अध्यक्ष थापाले गाई चुनाव चिह्न पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । अदालतले दुवै पक्षको छलफलका लागि यही भदौ १४ गते बोलाएको छ ।


Author

थप समाचार
x