अदालत

बयानका लागि प्रधानन्यायाधीश जबरा सिंहदरबारमा

इकागज |
भदौ १५, २०७९ बुधबार ११:३७ बजे

तस्बिर स्रोत : कमल भट्ट

काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा संसद्‌को महाअभियोग सिफारिस समितिसमक्ष बयानका लागि सिंहदरबार पुगेका छन् । बुधबार सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा निलम्बित प्रधानन्यायाधीश जबरा बयानका लागि पुगेका हुन् ।

भाद्र ८ गते बसेको महाअभियोग सिफारिस समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश राणालाई आज सोधपुछका लागि बोलाएको थियो । प्रधानन्यायाधीश जबरा सिंहदबार पुगेपनि समितिको बैठक भने अझै शुरु भएको छैन । समितिलाई राणामाथि लागेको आरोप पुष्टि हुनेगरी नेपाल बार एशोसिएशनले ३५ बुँदे प्रमाण महाअभियोग सिफारिस समितिमा बुझाइसकेको छ ।


प्रधानन्यायाधीश राणालाई संविधान र कानूनको गम्भीर उल्लंघन गरेको, भ्रष्टाचार र गैरकानूनी सम्पती आर्जन गरेको आरोप लागेको छ । प्रधानन्यायाधीश राणालाई  गत फागुन १ गते सत्तारुढ दलका सांसदहरुले महाअभियोग प्रस्ताव संसद्‌मा दर्ता गराएका थिए ।

संसद्‌मा महाअभियोग दर्ता भएको ६ महिनापछि संसद्‌ले महाअभियोग छलफलको लागि समितिमा पठाएको थियो । नेपालको न्यायिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागेको हो । गत १ फागुनमा सत्तारुढ दलले राणामाथि महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो 


Author

थप समाचार
x