Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

अदालत

सांसदको पर्खाइमा जबराको डेढ घण्टा, बयान सुरु

इकागज |
भदौ १५, २०७९ बुधबार १२:५३ बजे

काठमाडौँ- निलिम्बत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा डेढ घण्टादेखि महाअभियोग सिफारि समितिका सदस्य कुरेका छन् । समितिले बयानका लागि डाकेपछि सिंहदरबारस्थित महाअभियोग सिफारिस समितिको कार्यालय पुगेका जबरा डेढ घण्टादेखि सांसद कुरेर बसेका हुन् ।  

बयानका लागि ११ बजे बोलाएका समिति सदस्य सांसदहरू नआउँदा जबरा उनीहरूलाई पर्खेर बस्नुपरेको हो । 


गत १ फागुनमा जबराविरुद्ध सत्तारुढ दलका सांसदले महाभियोग प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका छन् । जसअनुसार प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले बयानका लागि उनलाई बोलाएको हो । तर, समिति सदस्य नै समयमा नआएपछि जबरा कुरेर बस्न बाध्य भएका हुन् । बैठक भर्खरै सुरु भएको छ । 

जबरालाई सोध्‍न ४३ वटा प्रश्न तयार पारेको समितिको बुधबार ढिलोगरी बैठक सुरु भएको हो । सो बैठकमा जबराको बयान पनि सुरु भएको छ । 


Author

थप समाचार
x