सर्वोच्च मूल गेटमा व्यापक प्रहरी परिचालन
काठमाडौँ - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नियमित जिम्मेवारीमा फर्कने तयारी गरेपछि सर्वोच्च अदालत प्रवेशद्वारमा व्यापकरूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । चोलेन्द्र आउने सूचनापछि कार्यालय समयअघि नै सर्वोच्च प्रवेशद्वारमा व्यापकरूपमा प्रहरी परिचालन गरिएको हो ।
जबराविरुद्ध महाभियोग लगाउनुपर्ने आधार र कारण रहेको भन्दै संसद्को महाभियोग सिफारिस समितिले प्रतिवेदन बुझाएकै साँझ जबराले आफू सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्कने सूचना सर्वोच्चलाई दिएका थिए । यदपि सर्वोच्च अदालतले जबरा फर्किने 'औपचारिक जानकारी' नआएको जनाएको छ ।
निलम्बन फुकुवा नभएको तर्क गर्दै उनलाई रोक्न आइतबार नेपाल बार र सर्वोच्च बारका कानुन व्यवसायीहरू सर्वोच्च अदालत पुग्ने तयारी गरेका छन् । शनिबार अबेर राति महाभियोग सिफारिस समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया