पिएसओलाई चोलेन्द्रको आदेश - ११ बजे सर्वोच्च जाने तयारी गर्नू
फाइल तस्बिर
काठमाडौँ - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सर्वोच्च अदालत फर्कने तयारी गरेका छन् । जबराले ११ बजे सर्वोच्च अदालत फर्किने तयारी गरेका हुन् । सुरक्षा स्रोतका अनुसार उनले आफ्ना पिएसओलाई ११ बजे सर्वोच्च जाने तयारी गर्न निर्देशन दिएका हुन् ।
पिएसओले उक्त जानकारी सुरक्षा निकालाई दिएका छन् ।
आफूमाथि लागेको महाभियोग प्रतिनिधि सभाको कार्यकाल समाप्त भएसँगै निष्क्रिय भएको दाबी गर्दै राणा अदालत फर्कन लागेका हुन् । उनलाई सर्वोच्च प्रवेश गर्न नदिने बार र न्यायाधीशको तयारी छ । सर्वोच्च मूल गेटमा व्यापकरूपमा प्रहरी परिचालन गरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया