घरलाई क्षति पुग्नेगरी टुकुचा खोलामा काम नगर्न उच्च अदालतको अन्तरिम आदेश
फाइल तस्बिर
काठमाडौं– उच्च अदालतले टुकुचाको जग्गाका हकमा असोज २६ गतेसम्म केही नगर्नू भनी काठमाडौं महानगरपालिकाविरुद्ध अन्तरिम आदेश जारी गरेको छ ।महानगर टुकुचा खोलामाथि निर्मित संरचना भत्काउने क्रममा थियो । त्यसविरुद्ध प्रेसिडेन्ट ट्राभल्स मुद्दामा गएको थियो ।
उच्च अदालतका पाटनका न्यायाधीश अमृत बस्नेत र दुर्गा विश्वकर्माको संयुक्त इजलाशले ‘घरलाई क्षति पुग्ने गरी काम नगर्नू’ भन्ने आदेश दिएको निवेदकका कानुन व्यवसायी ललित बस्नेतले जानकारी दिए । उनका अनुसार, अदालतले महानगरलाई निर्णयका डकुमेन्टसहित अदालतमा उपस्थित हुन पनि आदेश दिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया