चोलेन्द्र शमशेरको महाअभियोग निष्क्रिय सम्बन्धी मुद्दामा आज संवैधानिक इजालासमा सुनुवाई हुँदै
फाइल फोटो
काठमाडौं - तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाअभियोग सम्बन्धी रिटको सुनुवाई आज संवैधानिक इजालासमा हुँदैछ ।
संघीय संसदको महासचिव भरतराज गौतमले संसद अधिवेशन समाप्त भएकाले राणा माथि लगाइएको महाअभियोग पनि स्वतः निष्क्रिय भएको भन्दै लेखिएको पत्रका बारेमा आज संवैधानिक इजालासमा सुनुवाई हुन लागेको हो ।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वको संवैधानिक इजलासमा रिटको सुनुवाइ हुनेछ ।
गत वैशाख ६ गते सुनुवाइका लागि पेसी तोकिए पनि समय अभावको कारण देखाउँदै ‘हेर्न नभ्याइने’ भन्दै सो दिन सुनुवाई स्थगित गरिएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया