अदालत

‘त्यो पर्दैन’ भन्दै प्रधानमन्त्रीले लिएको शपथ रोक्न सर्वाेच्चद्वारा अस्वीकार

इकागज |
जेठ ४, २०७८ मगलवार १५:१८ बजे

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार राष्ट्रपतिबाट ‘त्यो पर्दैन’ भन्दै लिएको शपथमा अन्तरिम आदेश दिन सर्वाेच्च अदालतले अस्वीकार गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराउँदा कानुनसम्मत  नभएको, प्रधानमन्त्रीले रितपूर्वक शपथ नलिएको भन्दै सर्वाेच्चमा चार वटा रिट परेका थिए ।

रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले रिटमाथि अन्तरिम आदेश दिन नपर्ने भनेको रिट निवेदकमध्येका एक लोकेन्द्र वलीले इकागजलाई जानकारी दिए ।  


‘शपथ रोक्न अन्तरिम आदेश जारी गरिरहनु परेन भनिएको छ,’ वलीले भने, ‘अब १५ दिनभित्र विपक्षीलाई लिखित जवाफ पेश गर्न भनिएको छ ।’   


Author

थप समाचार
x