अदालत

कोर्टप्रति विश्वास छ, तर प्रश्न उठ्यो : शम्भु थापा

इकागज |
जेठ १६, २०७८ आइतबार १५:७ बजे

काठमाडौँ  : वरिष्ठ अधिवक्ता शम्भु थापाले सर्वोच्च अदालतका न्यायाधीशमाथि विश्वास भएको बताएका छन् । पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर राणाले न्यायाधीश छान्ने अधिकार अधिवक्तालाई नभएको भन्दै टिप्पणी गरेपछि उनले यस्तो बताएका हुन् ।

यो विषयमा हरेक अधिवक्ताले प्रश्न उठाइरहेका छ्न । इजलासमा बहस गर्ने क्रममा वरिष्ठ अधिवक्ता थापाले न्यायाधीशमाथि विश्वास भएको तर प्रश्न उठेकाले बहस लम्बिएको बताएका हुन् । ‘कोर्टको विश्वास नभएर होइन, प्रश्न उठेका कारणले यो बहस भैरहेको हो । हो, न्यायाधीस छान्ने अधिकार प्रधानन्याायधीशलाई छ ।’


कानुन व्यवसायी मिथलेश कुमार सिंहले बहस गरिहरेका बेला प्रधानन्यायाधीशले ‘तपाईंहरुलाई न्यायाधीश छान्ने अधिकार छैन’ भनेपछि यो विषयमा बहस भइरहेको छ ।


Author

थप समाचार
x