खाण छुट्ने कि नछुट्ने केही बेरमा फैसला आउँदै
फाइल तस्बिर
काठमाडौँ - नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरू छुट्ने कि थुनामा नै रहने भन्नेमा केही बेरमा फैसाला आउन लागेको छ ।
हाल सो प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाइ थुनामुक्त गराउनु पर्ने मागसहित गरिएको जवाफी बहस सकिएकाले आज फैसाला आउने सम्भावना रहेको जनाइएको छ ।
अदालतमा जवाफी बहसमा खाडलगायत थुनामा रहेकाहरुको पक्षबाट वकिलहरूले उनीहरुलाइ थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका छन् ।
जससँगै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोडभन्दा बढी ठगी गरेको प्रकरणमा हाल थुनामा रहेका नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्व गृहमन्त्री खाणलगायतको मुद्दामा केही बेरमा फैसाला आउन लागेको हो ।
आज आउने फैसालाले खाड लगायत थुनामा रहने कि बाहिर बसेर मुद्दा चलाउने भन्नेमा निक्र्यौल हुनेछ । उच्च अदालतमा अहिले भीड बढेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया