टिकटकविरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाई हुँदै
काठमाडौँ- टिकटक बन्दविरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाई हुँदैछ । सर्वोच्च अदालतमा चार वटा मुद्दाको आज एकै पटक पूर्ण सुनुवाई हुन लागेको हो ।
यसअघि गत मंसिर पाँच गते न्यायाधीश विनोद शर्माको एकल इजालासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश दिएको थियो ।
कार्तिक २७ मा बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सद्भाव बिथोलिन थालेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया